इस्लामाबाद । रावी, चेनाब र सतलज नदीमा आएको बाढीका कारण पाकिस्तानको पन्जाब प्रान्तमा १४ लाखभन्दा बढी मानिस उच्च जोखिममा परेका छन्।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले भारतबाट निरन्तर पानी आएको भन्दै अवस्था झन् गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। बाढीका कारण लाहोरका धेरै क्षेत्र डुबानमा परेका छन् भने रावी नदीको पुल भत्किने खतरा समेत देखिएको छ।

बाढी प्रभावित क्षेत्रमा घरमा पानी पसेको, भित्ताहरू भत्कन थालेको र स्थानीय बासिन्दाका सामान बगेको जनाइएको छ। प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम तीव्र रूपमा भइरहेको छ।

पन्जाब प्रहरीले हालसम्म ६२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। यसैबीच अधिकारीहरूले चेनाब र रावी नदीमा पानीको सतह अझ बढ्न सक्ने भन्दै थप सतर्कता अपनाउन आग्रह गरेका छन्।