काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६२औँ वार्षिकोत्सवका अवसरमा विश्वकप रजत विजेता खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ।

कार्यक्रममा पुरुष र महिला दुवै खो खो टोलीलाई समान एक–एक लाख रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको हो। दुवै टोलीले भारतमा भएको प्रथम खो खो विश्वकप र नेपाल–भारतबीचको अभ्यास खेलमा रजत जितेका थिए।

त्यस्तै, उत्कृष्ट राष्ट्रिय खेल सङ्घमा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई एक लाख नगदसहित सम्मान गरिएको छ। जुनियरतर्फ पुरुष बक्सिङका अर्पिल राना र महिला क्रिकेटकी पूजा महतो जनही ५० हजार रुपैयाँ पाए भने पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धनलाई पनि ५० हजारसहित सम्मान गरियो।