काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदरभन्दा उत्तरतर्फ र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहेको छ। कोशी तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति पनि देशभर साधारण बदली रहने र कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकीलगायत पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना विभागले जनाएको छ।