मधेश प्रदेश सरकारले मोहम्मद ज्यन्तीको अवसरमा भोली शुक्रबार, भदौ २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०८१ साल चैत २२ गते प्रकाशित मधेश प्रदेश राजपत्रमा समावेश वार्षिक बिदा सम्बन्धी सूचनाअनुसार यस वर्ष पनि उक्त अवसरमा १ दिनको सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।

प्रदेश सरकारले जारी गरेको सूचनाअनुसार सो दिन प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालय, निकाय तथा सार्वजनिक संस्थानहरू बन्द रहने छन्।