काठमाडौं– जेनजी प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको घरमा आगजनी गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–६ स्थित हात्तिगौंडामा रहेको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सोमबार काठमाडौँबाट शुरु भएका जेनजीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शन नियन्त्रण बाहिर गएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।