काठमाडौं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका हुन्।

भेटमा देशको विकसित घटनाक्रम, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही र अवस्था साथै बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने भन्दै वर्तमान राष्ट्रिय सङ्कट समाधानका लागि सबै दल र निकायले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।