काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

पोष्टमार्टम सकिएपछि टिचिङ अस्पतालबाट निकालिएको शवयात्रा पशुपति आर्यघाटमा पुगेर सम्पन्न भएको हो । सहिदहरूको पार्थिव शरीरमा गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । त्यसपछि आफन्तजनको उपस्थितिमा दाहसंस्कार गरिएको हो ।

आज पशुपतिमा ४ जना सहिदको अन्त्येष्टि गरिएको छ भने बाँकी ६ जनाको शव हेलिकोप्टरमार्फत काठमाडौं बाहिर लैजाई अन्त्येष्टि गर्ने तयारी भएको छ ।

सरकारका तर्फबाट राष्ट्रिय सम्मानका साथ गरिएको अन्त्येष्टिले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको जनाइएको छ ।