पर्सा। सखुवा प्रसौनी गाउँपालिकाले हालै जेन-जी आन्दोलनमा शहीद भएका व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना हुने गाउँपालीका अध्यक्ष जसवन्त यादवले बताए ।।

भोलि असोज १ गते बुधबार बिहान १०ः०० बजे श्रद्धाञ्जली कार्यक्रम तथा राती ७ः३० बजे दीप प्रज्वलन कार्यक्रम सम्पन्न हुने छ। कार्यक्रममा सबै शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी लगायत सम्पूर्ण जनतासहित स्थानीय नागरिकहरूलाई उपस्थित रहन आग्रह गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य शहीदहरू प्रति सम्मान व्यक्त गर्नु, जनताको सहभागितामा शोक मनाउनु तथा एकताको संदेश प्रवाह गर्नु रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले उल्लेख गर्दै कार्यक्रममा सहभागी भई श्रद्धाञ्जली अर्पण गर्न सबैलाई अनुरोध गरे।

त्यस्तै, हिजो बसेको मन्त्रीपरिषद्को निर्णयानुसार असोज १ गते नेपाली झन्डा आधी झुक्याउने तथा राष्ट्रिय शोक दिउँस मनाउने निर्णय गरिएको छ। गाउँपालिकाले शहीदहरूको सम्झना गर्दै जनताको एकता र संघर्षको संदेश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।