जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषाको विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीबाट करिब ८३५ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण जनकपुरधामबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति सञ्चालन गरेको खोजतलासका क्रममा ठूलो परिमाणमा बोरा भरी राखिएको गाँजा लुकाइएको अवस्थामा फेला परेको हो।

बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

यसैबीच, स्थानीयवासीले सीमावर्ती क्षेत्रमा लागूऔषधको खेती र कारोबार बढ्दै गएको भन्दै प्रहरी प्रशासनलाई अझ सक्रियतापूर्वक नियन्त्रण अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।