पर्सा — नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजराले पार्टी संगठनलाई सबल र सुदृढ बनाउन शब्दभन्दा कर्मलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन । एमाले नेता हजराले शुक्रवार सन्चाकर्मी हरुसंग बर्तमान राजनितिक अवस्था बारे कुराकानी गर्दा पार्टी संगठनलाई सबल र सुदृढ बनाउन शब्द भन्दा कर्मलाई प्राथमिकतामा राखेर अगाडी बढन आवश्यक रहेको जोड दिएका हुन ।

नेकपा एमालेका पर्सा जिल्ला ईन्चार्ज समेत रहेका नेता हजराले भने अहिले जिल्लामा पार्टीको अवस्था हेर्दा “जो चोर, उसकै ठुलो सोर भन्ने पुरानो भनाइ आज पनि जस्ताको तस्तै लागू हुने गरेको बताए । उनले भने जिल्लामा पार्टीका केही कथित नेताहरु गुटबन्दी सुरुगरेका छन, भने आफ्ना नेतृत्वकर्तालाई ब्यक्तिगत स्वार्थ पुर्तिका लागी बदनाम समेत गरिरहेका छन, तर उनलाई बिचार गर्नु पर्ने समय छ नेतृत्वकर्तालाई बदनाम गर्नु भनेको सिंगो एमाले पार्टीलाई बदनाम गरिरहेका छन ।

पार्टीका नेताहरुलाई आफ्ना आम नेता, कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाटका क्रममा बोल्दा नेतृत्वकर्ताको आलोचना मात्र गर्ने संस्कार त्यागेर व्यवहारमै काम गरेर देखाउनुपर्ने बताएका हुन । उनले भने काम गर्नु शुभकामना छ, गुटबन्दी र नेतृत्वकर्ताको आलोचना गरेर केही हुनेवाला छैन्न, पार्टी कसैको ब्यक्तिगत सम्पति होईन, यो पार्टीको बिधि, अनुशासन समेत बाहिरको गतिबिधि हो, यस्ता क्रियाकलाप गर्न कसैको अधिकार छैन र कसैले गर्याे भने पार्टीबाट कारवाहीमा समेत पर्ने बताए ।

नेता हजराले अरूलाई दोष लगाएर होइन, आफैं काम गरेर जनताको मन जित्न सकिन्छ । नेकपा एमालेलाई बलियो बनाउन अब गफगाफले मात्र पुग्दैन, संगठनात्मक तथा विकासका काममा ध्यान दिनुपर्छ भने उनको टिपण्णी छ । उनका अनुसार अहिले देशमा जनताले राजनीतिक दलसँग ठूला भाषणभन्दा पनि ठोस परिणामको अपेक्षा गर्ने समय आएको छ । विकास, सुशासन र सामाजिक न्यायलाई व्यवहारमै उतार्न सके एमाले थप विश्वासिलो बन्ने उनको तर्क छ ।

पछिलो समयमा राजनितिक दलबाट भएको कमिकमजोरीलाई आत्मसाथ गरेर सुधारको बाटो अपनाउनु पर्ने आवश्यक रहेको भन्दै बर्तमान परिस्थितिलाई मध्यनज। गरेर अझ दृढ संकलपका साथ काम गर्न र जनताको विश्वास जित्न बिषय तर्फ अग्रसर भएर अगाडी आग्रह गरेका छन ।

एमाले नेता हजराले स्थानीय स्तरका कमिटीहरूलाई अझ सक्रिय बनाउन आह्वान गर्दै कार्यकर्ताहरूलाई जनताबीच निरन्तर खटिन आग्रह गरे । उनले भने, “जनतामुखी कार्यक्रम ल्याएर, गाउँघरमा पुगेर समस्या सुनेर समाधान गर्ने पहल गर्ने हो भने एमालेलाई कसैले कमजोर पार्न सक्दैन । एमाले देशमा परिवर्तन ल्याएको पार्टी हो, आफ्नै घर आफै बनाउ, लिपुलेक लिपियाधुरा, बृद्धा भता, हुलाकी राजमार्ग, सुरुंगमार्ग लगायतका लोकप्रिय योजना ल्याएर देशलाई समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेको पार्टी एमाले रहेको जिकिर गरे । उनले एमालेको बारे प्रचारबाजि गर्नु पर्दैन्न, तर आफ्ना जिम्मेवारीलाई आत्मसात गरि गफगाफलाई छोडेर अ–आफ्नो ठाउँबाट काम गरियो भने एमालेलाई बलियो बनाउन समय लाग्दैन्न ।

उनले हालै देखिएको पार्टीप्रतिको जनआस्था अझ मजबुत पार्ने विश्वास व्यक्त गरे । संगठनलाई गतिशील बनाउने अभियानमा सबै तहका नेताले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने आवश्यक रहेको धारणा राखेका थिए । उनले विकास योजनाहरूलाई पारदर्शी ढंगले कार्यान्वयन गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने तथा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा जोड दिए । “जनताको अपेक्षा पूरा गर्ने भनेको ठूला–ठूला वाचा गर्नु होइन, छोटा तर ठोस काम गरेर देखाउनु हो,” उनले थपे । निर्वाचनको समयमा ठूला–ठूला वाचा गर्नु जितेपछि जनताको प्रतिनिधित्व छोडेर ब्यक्तिगत स्वार्थ पुर्तिका लागी भ्रष्टचारको बाटो केही नेताहरु रोजेका कारण अहिले राजनितिक संकट आएको समेत उनले ध्यानअकर्षण गराएका थिए ।

एमाले नेता हजराले मुलुकमा उत्पन्न राजनीतिक उतारचढावका बीच एमाले निरन्तर सशक्त बनेर अघि बढेको दाबी गर्दै पार्टीलाई अझ सबल बनाउन नयाँ सोच र इमानदार प्रयास आवश्यक रहेको बताउदै, पार्टी संगठनलाई अझ गतिशिल र बलियो बनाउन स्थानीय स्तरदेखी केन्द्रसम्म सक्रियता बढाउनुपर्ने अहिलेको आवश्यकता समेत रहेको उनले औंल्याएका थिए ।
एमाले नेता हजराले २०४७ साल देखि सक्रिय राजनीतिकमा आएका थिए, भने उनी वडा सचिवबाट राजनितिक परिवेश गरेका थिए ।

राजनितिकमा निकै सक्रिय रहेका नेता हजरा वडा कमिटी, नगर कमिटि, जिल्ला कमिटी, अञ्चल र केन्द्र संगठन विभागमा भूमिकाहर निर्वाह गर्दै हाल नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य, पर्सा जिल्ला इन्चार्ज तथा दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै नेकपा एमालेलाई स्थापित गर्ने लोकप्रिय नेताको नामले परिचित छन ।

नेता हजराले २०८० निर्वाचनमा दलित वर्गबाट समानुपातिक प्रतिनिधी सभाका लागि निर्वाचित भएका थिए । उनले संसदमा दलित समुदायसँग असमान व्यवहार विरुद्ध आवाज उठाउने, पर्सा जिल्लामा अवरुद्ध नारायणी अस्पताल, बिकास पुनर्निर्माण र स्थानिय पूर्वाधार विकासमा सक्रिय अवाज उठाउदै अगाडी बढेका नेता हजराले अहिले जिल्ला भरीमा २०८२÷०८३ को बजेटमा पर्सा जिल्लाको करोडौं रुपैया बराबरको बिभिन्न बिकास परियोजना समावेश गराउन सफल भए थिए ।

एमाले नेता हजराले पर्सा जिल्लाको समग्रह बिकासको लागी अहम भुमिका खेल्दैं आएका छन, भने उनले सडक, समुदायिक भवन, मठ्ठ मन्दिर, बिद्यालय स्तरउन्नती लगायतका दर्जनौं योजनाहरु बजेटमा समावेश गराएर काम समेत सम्पन्न गराउन सफल समेत भएका नेता हजराको क्रेज पर्सा जिल्लामा छुटै स्थापीत समेत गर्न सफल भएका छन ।