काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण भएका छन्।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार ५९ हजार ६९३ परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्। परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो।

गत वैशाखमा भएको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ ल्याएका वा अनुपस्थित विद्यार्थीलाई यस पूरक परीक्षामा सहभागी हुने अवसर दिइएको थियो।