राजन कुमार बानियाँ / धोबिनी — Human Love Charity Fundले धोबिनी गाउँपालिका–५ का विभिन्न मन्दिरमा नवरात्रि पर्वको अवसरमा दर्शनार्थी भक्तजनहरूलाई फलफुल वितरण गरेको छ।

संस्थाका अनुसार, यस कार्यक्रमको उद्देश्य भक्तजनहरूको सहजता सुनिश्चित गर्नु र उनीहरूको श्रद्धा अझ परिपूर्ण बनाउनु हो। यस सामाजिक पहलमार्फत मात्र सेवा नभई समाजमा आपसी सद्भाव र धार्मिक एकता प्रवर्द्धन गर्ने प्रयास गरिएको छ।