उदयपुर — उदयपुरगढी गाउँपालिका–७ मा शनिबार प्रहरीले चेकजाँचको क्रममा सिरहाका ४५ वर्षीय लिलादेवी राम र ४० वर्षीय अस्मिता रामलाई ११ केजीभन्दा बढी गाँजासहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान जारी छ।