काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक शनिबार भक्तपुरको गुन्डुमा आयोजित राष्ट्रिय युवा संघ नेपालको खुला भेटघाट कार्यक्रममा सार्वजनिक रूपमा देखिएका छन्।

कार्यक्रममा अध्यक्ष ओलीसँग उनकी पत्नी राधिका शाक्य, नेता राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायत नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

अध्यक्ष ओलीले कार्यक्रममा सम्बोधन गर्दै समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।