भरतपुर — सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा हाल कुनै अवरोध नरहेको र दुईतर्फी सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको जनाएको छ।

डिभिजनले चालकहरूलाई गति सीमित राख्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। यसअघि तुइन खोलामा पटक–पटक पहिरो खस्दा सो सडक खण्डमा यातायात आवागमन अवरुद्ध हुने गरेको थियो।