पर्सा — थारु कल्याणकारी सभा पर्साको आयोजनामा सखुवा प्रसौनी–2 औराहा पचगावामा शनिबार विजयादशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा सभाका अध्यक्ष भागवत चौधरी थारुको अध्यक्षता र केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुको प्रमुख आतिथ्य रहेको थियो।

अध्यक्ष चौधरीले चाडपर्वहरू केवल परम्परा नभई सामाजिक एकता, सद्भाव र संस्कृतिको संवाहक भएको बताए। प्रमुख अतिथि महेन्द्र चौधरीले चाडपर्वलाई संस्कृति र पहिचानको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतो थारु, उपाध्यक्ष राजु चौधरी थारु, मोहन दास थारु, अधिवक्ता अभय दास थारु र सचिव मनोज चौधरी थारुले पनि सामाजिक र सांस्कृतिक ऐक्यबद्धताको सन्देश राखेका थिए।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुको पहलमा र थारु समाज पर्सा परिवारको संयोजनमा सम्पन्न भएको हो।