पहिलो टी–२० भेटमा नेपालले वेष्ट इन्डिजलाई हराएको छ। शारजाहामा शनिबारदेखि सुरु भएको यूनिटी कप सिरिजको पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको हो।

टस हारेर पहिले ब्याटीङ गरेको नेपालले १४८ रन बनाएको थियो। जवाफी ब्याटीङमा वेष्ट इन्डिट १२९ रनमा समेटिएको हो।

आइसिसीको फुल मेम्बर टिमविरुद्ध नेपालको यो पहिलो जित हो। जसकारण यो जित नेपालका लागि ऐतिहासिक बनेको छ।