काठमाडौं । दशैं बिदामा पनि नेपाल टेलिकमका केही काउन्टरहरू खुला रहने भएका छन् ।

टेलिकमका अनुसार काठमाडौं सुन्धारास्थित काउन्टरहरू असोज १३, १४, १५, १७ र १८ गते खुला रहनेछन् । त्यस्तै गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित काउन्टरहरू असोज १३, १५ र १७ गते सञ्चालनमा रहनेछन् ।

चरिकोटस्थित काउन्टर भने असोज १३ र १४ गते खुला रहने टेलिकमले जनाएको छ ।

दशैं र तिहार बिदामा पनि मर्मत सम्भार तथा जडान सम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिँदै टेलिकमले खुला रहेका काउन्टरहरूबाट टेलिफोन, मोबाइल तथा इन्टरनेट भुक्तानी, सिम वितरण र परिवर्तनका काम हुने जनाएको छ ।