पंचगावाँ । ठोरी गाउँपालिका–५ निवासी ७३ वर्षीय निरबहादुर लोप्चन पाँच दिनदेखि हराइरहनुभएकोमा आज बिहान उहाँ मृत अवस्थामा फेला पर्नुभएको छ। लामो खोजीपछि शव भेटिनु गाउँभरिका लागि पीडादायी समाचार बनेको छ।

लोप्चनको शव वडा नं. ५ अन्तर्गत आठघरे र बागमोर्चा बीचको कल्भर्ट दक्षिणतर्फ भेटिएको हो। घटनास्थल अवलोकनका आधारमा जङ्गली जनावरको आक्रमणका कारण निधन भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

असोज ९ गतेदेखि सम्पर्कविहीन रहनुभएका लोप्चनको निधनले परिवार, आफन्त तथा सम्पूर्ण गाउँलाई स्तब्ध बनाएको छ। गाउँमा अहिले शोकको वातावरण छाएको छ।