पंचगावाँ । ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले अबैध रूपमा भन्सार चोरी गरी ल्याउँदै गरेको कुखुरा सहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मिति २०८२ साल असोज १३ गते अन्दाजी बिहान ११:३० बजे, पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर स्थित भारतबाट नेपाल तर्फ ल्याइँदै गरेको ना. ९ प. ३०१८ नम्बरको मोटरसाइकल सहित ३६ पिस अबैध कुखुरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका उक्त कुखुराहरुलाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीमा लगेर सोही दिन दिउँसो १२:३० बजे नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा जानकारी दिँदै प्रहरी निरीक्षक प्रकाश थापाले अबैध रूपमा भन्सार छलि गरी ल्याइएका वस्तुहरूमा प्रहरीले निगरानी कडा पारेको र यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानूनी कारबाही गरिने चेतावनी दिनुभयो ।