पंचगावाँ।राजन कुमार बानियाँ / सशस्त्र प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–४ भिष्वा–जानकी टोला सडक खण्डबाट ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको छ। सोमबार साँझ ६ बजे गरिएको चेकजाँचमा भारततर्फ लैजाँदै गरिएको BR 22 J 3550 नम्बरको मोटरसाइकलमा फल्स बटम बनाई लुकाइएका १९ प्याकेट चरेश फेला परेको हो।

घटनामा संलग्न भारत, बिहारका ३१ वर्षीय गुलाम मोहमद पक्राउ परेका छन्। उनको साथबाट आधार कार्ड र कीप्याड मोबाईलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद चरेशसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए।