पंचगावाँ । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका युवा नेता तथा मेयर पदका प्रत्यासी अकलेश कुमार साहले “परिवर्तन सम्भव छ हाम्रै पालामा, जागौ युवा, जागौ परिवर्तन गरेर देखाऔं, अहिले नगरे कहिले गर्ने” भन्ने नारा सहित नयाँ अभियान सुरु गरेका छन्।

अभियानको सुरुवातसँगै साहले गाउँपालिकामा भईरहेका अनियमितता, भ्रष्ट्राचार र अव्यवस्थापन विरुद्ध युवा र समाजसेवीहरूसँग विशेष छलफल गरेका छन्। उक्त छलफलमा गाउँपालिकाका ५ नं वडाका युवाहरू, स्थानीय समाजसेवी तथा बुद्धिजीवीको समेत सहभागिता रहेको थियो।

छलफलको क्रममा सहभागीहरूले गाउँपालिकामा दीर्घकालीन सुधारका लागि पारदर्शिता, जवाफदेहिता र युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, अनियमितता नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने निष्कर्ष निकालेका छन्।

युवा नेता अकलेश कुमार साहले गाउँपालिकामा उत्पन्न समस्याहरूको समाधानका लागि युवाको आवाज सशक्त रूपमा उठाउने प्रतिवद्धता जनाउँदै भने,

“हामी युवाहरूले अहिले नजागे कहिले? परिवर्तन सम्भव छ, यदि हामी सबै एकजुट भयौं भने।”

उनले गाउँपालिकामा भईरहेका अव्यवस्थापन र भ्रष्ट्राचार विरुद्ध कडा एक्सन लिने र सुधारमुखी नीति ल्याउने योजना रहेको पनि बताए।

स्थानीय युवादेखि वृद्धसम्मले साहको अभियानलाई स्वागत गर्दै उनलाई “युवाहरूको पक्षमा उभिने, निष्पक्ष र जनमुखी नेतृत्व”को रूपमा समर्थन गरेका छन्।

स्थानीय एक वरिष्ठ नागरिकले भने,

“गाउँमा परिवर्तनको सुरुवात युवाबाटै हुन्छ, र अकलेश जस्ता इमानदार युवा नेताले नेतृत्व गर्दा पालीकामा पारदर्शिता आउने विश्वास लिएका छौं।”

युवा अभियान अन्तर्गत साहले गाउँका विभिन्न बस्तीहरूमा पुगेर जनगुनासो सुन्ने, सुझाव संकलन गर्ने र नीति निर्माणमा समावेश गर्ने कार्यको थालनी समेत गरेका छन्।