वीरगन्ज : वीरगन्जको दशैं मेलामा अष्टमीको राति भएको एक युवकको हत्या ‘खुनी दरिन्दे समुह (ग्याङ्ग)’ ले गरेको खुलासा भएको छ ।

‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुले २० वर्षिय गोल्डेन भन्ने शीवम कुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जाानकारी दिएका हुन् ।

वीरगन्जमा लागेको दशैं मेलामा अष्टमीको राति अर्थात मंगलबार राति ११.३० बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा युवाहरुको दुई समुहबीच कुटपिट हुदाँ बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शीवम कुमार साह कानुको मृत्यु भएको थियो ।

उक्त घटनबारे जानकारी दिन बिहीबार दिउँसो जिल्लाा प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पाठकले ‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुको समुहले मृतक गोल्डेनको समुहसंग यसअघि पहिलेपनि भएको झगडाकोे रिसबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरेको जानकारी दिए ।

दशैंको मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समुह’ ले हातमुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुरर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको पाठकले बताए ।

गोल्डेनको हत्यामा संलग्न मुख्य आारोपित सहित ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारीपनि प्रहरी उपरीक्षक पाठकले दिए । पाठकका अनुसार, पक्राउ पर्नेहरुमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।

तीमध्ये ३ जनालााई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो भने बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाँउमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति घटटना भएको खबर पाएलगत्तै आँफुसहित वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्त्वमा ३२ जनाको प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर घटना भएको २४ घण्टाभित्रै मुख्य आरोपितसहित ५ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक पाठकले दाबी गरे । उक्त घटनामा संलग्न अरु केहि व्याक्तिहरुको पनि पहिचान खुलीसकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनिहरुको खोजी कार्यपनि जारी रहेको बताए ।