चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा गएको पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालन पुनः सुचारु भएको छ।

पहिरोका कारण दुईतर्फी सडक बन्द भएको थियो, जसले आवागमनमा समस्या सिर्जना गरेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो हटाएपछि अहिले सवारी साधनहरू पूर्ववत् सञ्चालनमा आएको जानकारी दिए।

स्थानीय प्रशासनले निरन्तर वर्षा भइरहेकाले यात्रुहरूलाई सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ। यात्रुहरूले खतरनाक क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने चेतावनी दिइएको छ।