देवराज यादव सुनसरी। जिल्लाको कोशी गाउँपालिका ७ हरिपुरको केराबारीबाट नेपाल प्रहरी सशस्त्र प्रहरीको संयुक्त टोलीले ५३७.१४० किलो गाँजा बरामद सहित एक जना पक्राउ गरेको छन।

प्रहरीले दिएको जानकारी अनुसार आईतवार राति १२ बजेको समयमा लागू औषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको टोली र सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरीपुर भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरी डिएसपी केदार जंग थापाको टोलीले हरिपुरको केराबारी स्थित धान बारीमा लुकाई छिपाई राखिएको अवस्थामा १३ वटा प्लाष्टिकको पोकामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ ५३७.१४० केजी गाजा बरामद सहित हरिपुर ७ बस्ने बर्ष ४५ को दिनेश यादवलाई प्रहले नियन्त्रणमा लिएको डिएसपी योगराज खतिवडाले बताए।

उक्त गाजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो