पर्सा, असोज २० । नेपाली कांग्रेस सखुवा प्रसौनी कार्यसमितिको आयोजनामा सोमबार पटेर्वा सुगौली गाउँपालिका–२ भुरीमाईस्थित पर्यटकीय क्षेत्रमा कार्यकर्ता भेला र शुुुभकामना अरदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
भेलामा सखुवा प्रसौनी गाउँपालिकाका सबै ६ वडाबाट कांग्रेसका पदाधिकारी, कार्यकर्ता र युवासहित करिब २०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य तथा गाउँपालिका अध्यक्ष पदका प्रत्याशी शैलेन्द्र यादवले भने।
आउदो दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै, छठ पर्वपछि कांग्रेसले भ्रष्टाचार, अनियमितता, कर्मचारीको गैरजिम्मेवारी, विकास निर्माणमा ढिलाइ र पालिका–वडाबाट प्रदान हुने सेवामा हुने सुस्काई विरुद्ध “खबरदारी अभियान” सुरु गर्ने घोषणा गरे। भ्रष्टाचार विरुद्ध काङ्ग्रेस अब चुप लागेर न बसने उनले बताएका छन् ।

कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका–५ का कांग्रेस सभापति जुगेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलामा वडा नं. १ का शिवनाथ चौधरी, पूर्व वडा अध्यक्ष विशवनाथ पटवारी, ब्रहमदेव महतो थारु, वडा नं. २ का सभापति श्यामसुन्दर दास, प्रेमशंकर मुखिया, वडा नं. ३ का ईनल मिया अन्सारी, मोजामिल मिया अन्सारी, वडा नं. ४ का अर्जुन चौधरी, बलेश्वर चौधरी,सुरेश कुशवाहा, वडा नं. ५ का सिताराम यादव, जयकिशोर यादव, तथा वडा नं. ६ का माधव साह र सभापति महेन्द्र साह कानु लगायतका नेताहरूको सहभागिता रहेको थियो।