पंचगावाँ ।पकहाँ मैनपुर गाउँपालिका वडा नं ४, धोबिया टोलका विपन्न बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष सुरेश प्रसाद द्वारा १२५ बोरा चामलसहित आलु,सोयाबिन र फेमिली तेल वितरण गरिएको हो।

गाउँपालिकाका अनुसार राहत सामग्री बाढी प्रभावित विपन्न परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले वितरण गरिएको हो।

अध्यक्ष प्रसादले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भने, “आपतकालीन परिस्थितिमा जनताको साथमा रहनु सरकारको कर्तव्य हो। आगामी दिनमा पनि यस्ता राहत तथा सहयोग कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।”

स्थानीय बासिन्दाहरूले राहत वितरणप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सहकार्यले संकटको समयमा ठूलो राहत पुर्‍याउने बताए।