कसैको पीडा देख्दैनन् अब आँखाहरू,
कानले पनि नसुन्छन् — रुदा आवाजहरू।

सबै व्यस्त छन् आज — नाम, ठाँट र शोभामा,
हरायो मान्छेपन — मान्छे हरायो भीडमा।

कहिले समाजका लागि उठ्थे स्वरहरू,
आज ती स्वरहरू डरका पर्खालभित्र छ।

सत्य बोल्ने जिब्रो पनि आज बिकिसक्यो,
न्यायको तराजु सत्ताको तौलमा झुकेर थकिसक्यो।

छेउको भोक, टाढाको रोग — कसैलाई मतलब छैन,
“दया” अब देखिन्छ सेल्फी र स्टाटसमा मात्रै।

आफ्नो लागि बाँच्ने, अरूलाई दोष दिने चलन,
यही चलनले अन्धो बनायो समाजको मन।

तर म अझै पनि विश्वास गर्छु —
कहीं न कहीं उज्यालो बाँकी छ,
जो आँखा होइन, मनले देख्छ —
त्यो नै हो साँचो समाजको चित्र।