काठमाडौँ, असोज २६ गते ।सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी बैठक (पूर्ण बैठक) ले असोज २८ गतेदेखि रिट दर्ता गर्ने निर्णय गरेको हो।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सूचना जारी गर्दै गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको अब २८ गतेदेखि सुरु हुने जानकारी दिएका छन्।

जेनजी आन्दोलनबाट सर्वोच्च पूर्णरुपमा ध्वस्त भएको छ। अहिले त्रिपाल र टेन्टमा इजलास बसेर अदालतले सेवा दिइरहेको छ।