सर्लाही । हुलाकी राजमार्गको कौडेना गाउँपालिका–२ फुलपरासी खण्डबाट प्रहरीले ५ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा शंकास्पद मोटरसाइकल जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले मोटरसाइकलको सिटमुनि प्लास्टिकमा बेरेर राखिएको ५ किलो ३०० ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेकामा कौडेना–१ सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र ३० वर्षीय लोजा बैठा रहेका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार गाँजा अवैध बिक्री वितरणका लागि लैजाँदै गरिएको थियो । मोटरसाइकल र गाँजा दुवै प्रहरी नियन्त्रणमा छन् भने स्रोत, गन्तव्य र संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।