बिरगंज,पर्सा, कार्तिक ७/ दिपावलीको रात सोमबार राति करिब ११:३० बजे पर्सागढी नगरपालिका–९ बडेर्वा गाउँमा गाउँका केही युवामाथि प्रहरीले सोधपुछ गरेको घटना सार्वजनिक भएको छ।

स्थानीयका अनुसार बडेर्वा गाउँबाट करिब पाँच सय मिटर टाढा सरेहमा खरको टहरामा ६–७ जना युवाहरू आपसमा माईरेज (तास) खेलिरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोली त्यहाँ पुगेको थियो। गाउँमा अपराध नियन्त्रण र अनुगमनका लागि प्रहरी पुगेको बताइएको छ।

प्रहरी पुग्नेबित्तिकै खेलिरहेका युवाहरू तितरबितर भएका थिए। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा तास, पैसा वा अन्य कुनै अवैध सामग्री फेला परेको थिएन। तर सो समयमा केही युवाहरूका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर मनवा प्रहरी चौकीमा बुझाएको थियो।

घटनापछि करिब ६० जना युवाहरूको समूह मनवा प्रहरी चौकीमा त्यहीबेला नै पुगेका थिए। प्रहरी स्रोतका अनुसार उनीहरूले मोटरसाइकल फिर्ता गर्न दबाब दिएका थिए। प्रहरीले भने, “विवाद नहोस् भनेर अनुसन्धानका क्रममा मोटरसाइकल नियन्त्रणमा लिएको हो, अन्य कुनै सामग्री फेला परेको छैन,” भनेको छ।
अनुसन्धान गर्न दिईनु स्थानीयलाई चितभरेर घर पेठाएको थियो !

स्थानीयवासी नवराज कुमार कडेलले भने, “यदि कसैले गल्ती गरेको छ भने कानून अनुसार कारबाही होस्। तर निर्दोषको मोटरसाइकल लामो समय थन्काएर राख्दा समस्या भईरहेको गुनासो गरेका हुन र चार–पाँच दिन भयो, मोटरसाइकल नछुट्दा पर्बको किनमेल गर्न पनि असहज भएको छ,” गुनासो गर्नुभयो।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएअनुसार, “प्रहरी गस्ती टोली पुग्दा खेल्ने मान्छेहरू भागेका थिए। केही मोटरसाइकल नियन्त्रणमा लिए के कति कुन कारणले राखिएका हो भने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” भन्दै उहाँले थप कुरा अनुसन्धान पछि सार्वजनिक गर्ने जानकारी दिनुभयो।