पंचगावाँ । पर्सा जिल्लाको सुगौली पटेर्वा–२, बनकटवा टोलका छठ व्रतालु महिलाहरुलाई शिवम लेयर्य फार्म प्रा.लि.ले सहयोग प्रदान गरेको छ।

उद्योगका सञ्चालक तथा वीरगंज उद्योग वाणिज्य संघका महासचिव शिवजी प्रसाद साह कलवारले व्रतालु महिलाहरुलाई साडी–सेट, गहुँ र फलफूल वितरण गरेका हुन्।

सञ्चालक कलवारले छठ पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई जोड दिँदै यस्ता सहयोगात्मक कार्यहरूले समाजमा सहकार्य र श्रद्धाको वातावरण बलियो बनाउने विश्वास व्यक्त गरे।