पंचगावाँ । । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ रामजानकी मन्दिर नजिकै प्रहरीले अवैध सालको गोलिया काठ बरामद गरेको छ ।

मिति २०८२ साल कार्तिक ९ गते राति करिब १ बजे प्रहरी गस्ती टोलीले भठौराबाट देवकुलीतर्फ साइकिलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा ७ फिट लम्बाइ र १.५ फिट गोलाइ भएको सालको गोलिया काठ देखेपछि सम्बन्धित व्यक्ति काठ र साइकिल फालेर फरार भएको प्रहरीले जनाएको छ ।

उक्त सालको गोलिया र साइकिललाई प्रहरीले बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा ल्याइएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । हाल उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।