काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेकी छन् । यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ ।

शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नव–नियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रधानमन्त्री कार्कीले आजै श्रममन्त्रीमा खगेन्द्र सुनार र भूमिमन्त्रीमा गणपतिलाल श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरेकी थिइन् । तर दुवै नाम विवादमा परेपछि अन्तिम समयमा सूचीबाट हटाइएका छन् । हालसम्म कार्कीको मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ ।