पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदीको अर्घाखाँचीमा सरुवा गरिएको छ । पर्सामा सरुवा भई आएको करिब दुई महिनामै सुबेदीको फेरबदल गरिएको हो ।

गृहमन्त्रालयले आइतबार ३६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा सूची सार्वजनिक गरेको थियो । सोही निर्णयअनुसार पर्साका प्रजिअ सुबेदीलाई अर्घाखाँची पठाइएको हो । उनी यसअघि पाल्पाबाट सरुवा भई गत भदौं ४ गते पर्सामा आएका थिए ।

अब पर्साको जिम्मेवारी दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सम्हाल्ने भएका छन् । गृह मन्त्रालयले दाहाललाई पर्साको नयाँ प्रजिअका रूपमा पठाउने निर्णय गरेको हो ।