आजको दिनमा बिश्वास गर्नु — जोखिम बन्यो,
मान्छे हाँस्छ अगाडि, पछाडि घोचो चल्यो ।
माया देखाउँछ, तर मनमा खेल हुन्छ,
स्वार्थकै छाया, हरेक सम्बन्ध जेल हुन्छ ।

कसैलाई आफ्नो भन्यौ, ऊ टाढा रह्यो,
बोल्दा मिठो, तर भित्र घाव रह्यो ।
भरोसा गर्यौ भने, आँसु पिउनु पर्छ,
धोका पाइन्छ, त्यो पनि चुपचाप सहनु पर्छ ।

न त साथी साँच्चा, न त सम्बन्ध स्थायी,
सबैको मनमा लुकेको स्वार्थको छायी ।
समय आउँछ, सबै मुख फेरिन्छन्,
फाइदा सकिएपछि नामसम्म हराउँछन् ।

तर एउटै भरोसा कहिल्यै टुट्दैन,
आमा-बुबाको माया कहिल्यै छुट्दैन ।
उनीहरू नै हुन्, जसले साँचो साथ दिन्छन्,
अँध्यारोमा पनि उज्यालो दिल दिन्छन् ।

बाकी संसार सपना हो, झुटको बजार,
जहाँ बिश्वास बेचिन्छ, प्रेम हुन्छ व्यापार ।
त्यसैले अब नआँसु बगाऊ, नगुनासो गर,
बिश्वास केवल आमा-बुबा र आफैंमा गर ।