धोबीनी  / पर्साको धोबीनी गाउँपालिका–२ आसवारीमा आयोजित मेयर कप भलिबल टुर्नामेन्टको उद्घाटन पूर्व उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री सिंगासन साह कलवारले गरेका छन्।

धोबीनी गाउँपालिका र बजरंग युवा क्लब आसवारीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु उप्रेती, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, अबास मियाँ, मनाउर अहमद, शिक्षा प्रमुख जितेन्द्र चौहान, जिन्शी प्रमुख प्रदीप पटेल, अमन पटेल, मनु पटेल, शिक्षक गोबिन्द पटेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालन सोनालाल पटेलले गरेका थिए।

वक्ताहरूले खेलकुदले युवामा अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत गर्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलको स्तर उकास्ने विश्वास व्यक्त गरे। उद्घाटन खेलमा आसवारीले देउरबनलाई लगातार तीन सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ। प्रतियोगितामा १० वटा क्लबका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् र विजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।