पनौती । आजबाट पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य औपचारिक रूपमा सुरु भएको छ । उक्त कार्यको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गरेका हुन् ।

मन्त्री खरेलका अनुसार हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सयवटा लाइसेन्स छापिने योजना रहेको छ । आगामी ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छपाई गरी सेवाग्राहीहरूलाई वितरण गरिने लक्ष्य मन्त्रालयले जनाएको छ ।

साथै, लामो समयदेखि ठप्प अवस्थामा रहेको सुरक्षण मुद्रण केन्द्रलाई अब पूर्ण रूपमा सञ्चालनमा ल्याई नियमित उत्पादनमा अग्रसर गरिने मन्त्री खरेलले प्रतिवद्धता जनाएका छन् ।