काठमाडौं । नेपाल राष्ट्र बैंकले १००० रुपैयाँ दरको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनी China Banknote Printing and Minting Corporation लाई दिएको छ । बैंकले कुल ४३० मिलियन (४३ करोड) वटा नोट छाप्ने सम्झौता गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्दा सो कम्पनीले सबैभन्दा कम मूल्य प्रस्ताव गरेपछि नोट छपाइको जिम्मा उसैलाई दिइएको हो । उक्त सम्झौता अनुसार कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छाप्नेछ ।

राष्ट्र बैंकले तोकेको आजको विनिमय दर (१ डलर = १४१.४९ रुपैयाँ) अनुसार १००० रुपैयाँको एउटा नोट छपाइ खर्च करिब ५ रुपैयाँ ५८ पैसा पर्ने भएको छ ।