राजन कुमार बानियाँ/ पर्सा–लहावरथकरी मुल्म तथा सीमा सहजीकरण समिति पकहाँ मैनपुरको आयोजनामा शनिबार पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरेका थिए। महिला साइकल रेसमा श्री रमचरित्र भगत मावि पकहाँ मैनपुरकी गीता कुमारी साहनी प्रथम, गोल्डेन लाईफ कोचिङ सेन्टर सबैठवाकी अस्मिता चौरसिया द्वितीय, र जह्राराना खातुन तृतीय भएकी छन्।

त्यसैगरी पुरुष म्याराथनमा गोल्डेन लाईफकै आदित्य कुशवाहा प्रथम, रवि साह द्वितीय, र आकाश राम तृतीय भएका छन्। विजेताहरुलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दाहालले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम पकहाँ मैनपुर–४ का वडाध्यक्ष तथा सीमा सहजीकरण समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एसपी सुदिप राज पाठक, गणपति एपसी पुरण चन्द्र भट्ट, डिएसपी लोकनाथ उप्रेती, वडाध्यक्ष सञ्जय चौहान, बलिराम चौरसिया, इन्स्पेक्टर प्रदीप पौडेललगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण पत्रकार छठू साहले गरेका थिए।

सशस्त्र प्रहरीका डिएसपी उप्रेतीका अनुसार सीमावर्ती क्षेत्रमा समन्वय, सहकार्य र मित्रवत व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।