काठमाडौं । सरकारले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

उनका अनुसार, नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गरिएको छ। कर्णको नियुक्तिसँगै मधेस प्रदेशमा नयाँ राजनीतिक समायोजनको संकेत देखिएको छ।