नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिकै भएको शक्तिशाली कार विस्फोटमा ८ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।

विस्फोट सोमबार साँझ करिब ६ः५५ बजे फोर्ट मेट्रो स्टेसन नजिक पार्किङमा रहेको इको कारमा भएको बताइएकाे छ। आगलागीले नजिकैका अन्य तीन गाडी पनि जलेर नष्ट भएका छन्।

घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ। प्रहरीले क्षेत्र घेराबन्दी गरी फरेन्सिक टोलीमार्फत अनुसन्धान सुरु गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहबीच छलफल भएको र एनआईए तथा एनएसजी टोली घटनास्थलमा पठाइएकाे बताइएको छ।