४ मंसिर, पर्सा — बिहारले पुनः एकपटक नीतीश कुमारको नेतृत्व पाउने भएको छ। पटनाको ऐतिहासिक गान्धी मैदानमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको उपस्थितिमा नीतीश कुमारले मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिए।

नयाँ मन्त्रिपरिषद्को गठन क्रमसँगै सम्राट चौधरी, विजय कुमार सिन्हा, विजयकुमार चौधरी, विजयेन्द्रप्रसाद यादव, श्रवण कुमार, मंगल पाण्डे, दिलीप जैसवाल र अशोक चौधरीलाई पनि जिम्मेवारी सम्हाल्दै शपथ गराइयो।

गभर्नर आरिफ मोहम्मद खानले दोस्रो चरणमा लेशी सिंह, नितिन नवीन, मदन सहनी, राम कृपाल यादव, सन्तोष कुमार सुमन र सुनील कुमारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

त्यसपछिका चरणहरूमा मोहम्मद जामा खान, सञ्जय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद, रामा निषादलगायतले मन्त्रीका रूपमा शपथ लिए।

समारोहको अन्तिम भागमा लखेन्द्र कुमार रोशन, श्रेयसी सिंह, डा. प्रमोद कुमार, संजय कुमार, संजय कुमार सिंह र दीपक प्रकाशले शपथ ग्रहण गर्दै नयाँ सरकारको टोलीलाई पूर्णता दिए।