बारा  / बारा जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालयले हेडक्वाटरमा तानेको छ। तामाङको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुवँरलाई बारामा खटाइएको छ।

सिमरामा जेनजी युवा समूह र एमाले कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनावका घटनालाई कारण मान्दै प्रहरी प्रधान कार्यालयले तामाङलाई तानिएको अनुमान गरिएको छ।

यसैबीच धादिङका एसपी भेषराज रिजाललाई मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरमा सरुवा गरिएको छ भने एसपी सुमित खड्कालाई धादिङको जिम्मेवारी दिइएको छ।