पर्सा, १७ मंसिर,– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। यसअघि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको थियो।

महाधिवेशनको कार्यक्रम सार्वजनिक भइसकेको भन्दै थापाले आफूले सभापति पदमा उठ्ने निर्णय सार्वजनिक गरेका हुन्। हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बञ्जाडेसँग कुरा गर्दै उनले भने

“म १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुँ। कांग्रेसका धेरैजसो साथीसँग आएको विश्वास र अपेक्षाले मलाई नेतृत्वका लागि अघि बढाएको हो।”

थापाले पार्टीभित्र सकारात्मक परिवर्तन र नयाँ नेतृत्वप्रतिको भरोसाले आफूलाई विजयी बनाउने विश्वास पनि व्यक्त गरे।