बलिराम शुक्ला ।पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाकाे वडा न ३ झुलिटार चिसापानी जङ्गल क्षेत्रमा महिला माथी आक्रमण गरेको बाघ नियन्त्रणको प्रयास भए पनि सफल हुन सकेन ।

तीन वटा हात्तिकाे सहाराले आज बिहानै देखि खोजी कार्य गर्दा सोहि क्षेत्रमा बाघ र बाघको बच्चा( डमरु) सहित देखा परेता पनि बाघको बच्चा भएको कारण माउ बाघ लाई नियन्त्रणमा लिन नसकिएको डिबिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले बताउनुभयो ।

आज बिहानै देखि तीन वटा हात्तीको साहारा बाट राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहको प्राविधिक टोली किरण राज रिजाल ,फिरुलाल थारु लगायत बन कर्मी , प्रहरिको टोली सहित खोज तलास गर्दै जाँदा माउ बाघ नवजात शिशु सहित फेला परेको हो।प्राविधिक टोलीका अनुसार माउ बाघले बच्चा जन्माउने समयमा भाले बाघ बाट बच्चा बचाउन एकान्त ठाउँ माउ बाघले रोज्ने र बच्चा जन्माउने गर्ने कारण माउ बाघले सुरक्षित स्थानमा बच्चा जन्मायको कारण र यस्तो समयमा माउ बाघ लाई नियन्त्रणमा लिई माउ र बच्चा अलग गरे माउ बाघले आफ्नो बच्चा समेत नचिन्ने हुने हुन्दा माउ बाघले जब सम्म बच्चा लियर अन्त सर्दैन तब सम्म केही गर्न नसकिने बताए ।

बाघ भएको क्षेत्रमा अहिले सब डिबिजन बन कार्यालय बडनिहार र सबैयाको टाेलिले बनमा प्रबेस गर्ने सर्बसाधारण लाई निषेद गरेकाे छ बिभन्न प्लेकाडमा प्रबेस निषेधकाे सूचना हरु राख्नुको साथै सो क्षेत्र वरपर रातो रिबन खत्राको संकेत राखियकाे छ भने केही दिनकाे लागि हात्ती सोही क्षेत्रमा राख्न सम्बन्धित निकाय संग आग्रह गरिएको सब डिबिजन बन कार्यालय बडनिहारका बन अधिकृत उजवल यादबले बताउनुभयो ।

मङ्सिर १५ गते बिहान झुलिटार निवासी ५५ बर्सिय शान्तामाया श्रेष्ठ लाई घाँस काटि रहेकाे समयमा बाघले आक्रमण गरि घाइते बनायको र उनको उपचार बिरगंजमा सम्भव नभए पछि काठमाडौं लगिएको थियो ।