काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजनीतिक दल र नयाँ पुस्ताबीच नवीन समझदारी कायम गराउन दबाब दिने उद्देश्यले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। उपत्यकाका विभिन्न स्थानबाट निकालिएको र्‍याली रत्नपार्कमा पुगेर जनसभामा परिणत भएको थियो।

राप्रपाले आफ्नो मुख्य एजेन्डाका रूपमा राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापना अघि सारेको जनाएको छ। सोही एजेन्डामा जनदबाब सिर्जना गर्न जनप्रदर्शन र वृहत् सभा आयोजना गरिएको पार्टीको भनाइ छ।

पार्टीका अनुसार राजनीतिक दल र ‘जेन–जेड’ पुस्ताबीच नयाँ समझदारीको वातावरण बनाउन तथा आफ्ना मागलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन उक्त प्रदर्शन आयोजना गरिएको हो।