१४ मंसिर, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य पद बहली भएका छन् ।

सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि उनले बुधबारदेखि पुनः प्राधिकरणमा कार्यभार सम्हालेका हुन । यसअघि प्राधिकरणबाट जल तथा उर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोजको निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्चले सोमबार खारेज गरिदिएको थियो ।

गत ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त शाक्यलाई जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ आएलगत्तै पदबाट हटाइदिएका थिए ।

कार्यभार सम्हाल्दै शाक्यले भने, ‘मेरो कार्यकाल अब साढे तीन वर्ष बाँकी छ । यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु । आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु ।