पर्सा — पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ निचुटाका ५२ वर्षीय भिखम मुखियालाई लागू औषध (ब्राउनसुगर) मुद्दामा प्रहरीले पक्राउ गरेको छ। इ.प्र.का पटेर्वा सुगौलीमा दर्ता भएको प्रहरी प्रतिवेदन तथा जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी धिरज मालीसमेत संलग्न रहेको उक्त मुद्दामा नाम आएका मुखियालाई प्रहरी टोलीले मंसिर २४ गते (२०८२/०८/२४) पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले मुखियालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्। उनले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीका लागि तालुक जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए।

प्रहरीले उक्त मुद्दाका अन्य पक्षबारे पनि थप अनुसन्धान अघि बढाएको जनाएको छ।