रुपन्देही। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही ले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार डीएसपी नेपालको श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएसँगै उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्दासम्म उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व मा कार्यरत थिए।

प्रहरीले नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलन तथा बयान लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।